
पूर्णपुष्टि, फागुन २२ ।
१ नम्बर प्रदेशको नाम अझै पनि नामाकरण भएको छैन । प्रदेशको नाम अन्योलमै भएकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएको छन् ।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हो ।
‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ ओलीले बताउनु भयो ।
