
पूर्णपुष्टि, जेष्ठ ६
त्रियुगा नगरपालिका १२ नं वडामा सामान्य मतदाताहरुलाई मात्रै अधिकार बन्चित गरिएको छैन् । यहाँ प्रदे सांसद सहितलाई झुक्याएर मतदान गर्नबाट बन्चित गराउने कार्य भएको मतदाताहरुले आरोप समेत लगाएको छ । गत बैशाख ३० को स्थानीय चुनाव कटारी र त्रियुगा बाहेक भव्य र सभ्य रुपमा सम्पन्न भयो । सबैको मतगणना सार्वाजानिक भैसक्यो सबै पालिकाहरुले जनप्रतिनिधि पाईसकेको अवस्था छ । तर त्रियुगा नगरपालिका भने अझै पनि जनप्रतिनिध पाउने कुरा अन्योल नै रहेको छ । त्रियुगाको पनि १५ ओटा वडाहरु सुरक्षित र शान्तिपूर्ण रुपमा उत्साहक साथ मतदान भएर सँकिदा १२ नं वडा भने विवादमा परे । त्यहाँको विवादका कारण नियोजित रुपमा मतदान अधिृकत सहितको कर्मचारीहरुले मतदाताहरुलाई अलमल्याउने, झन्जट दिने र मसि लगायर मतपत्र नदिई झुक्याउने काम गरेको मतदाताहरुको आरोप हो । यसै आरोपमा त्यहाँ मतदाताहरुले विवाद गर्दै त्यस्तो कार्यको चर्को विरोध समेत गर्यो । पून ः मतदानबारे नाराजुलुस नै भयो । अर्को पटक मतदान गर्ने भन्दै निर्वाचन अधिकृतले मतदान रोकी सूचना टाँस्यो ।
आज ६ दिन वितिसक्दा समेत यसको निचोड नआएपछि बिभिन्न दलहरुले थप संका आसंका गर्न थालेको छ । यहि अवस्थामा बिभिन्न दलहरुले आफ्नो धाराण राख्दै त्यसै अनुरुप काम गर्न निर्वाचन आयोगलाई दवाव दिइरहेको अवस्था छ । ३१९२ मतदाता रहेको सो वडामा करिब १४ सयले मात्रै मतदान गरेको पाईएको छ । एमाले पून ः मतदान नगर्ने पक्षमा रहेको देखिन्छ भने कांग्रेस पनि सोही पक्षमा रहेको पाइन्छ । तर गठबन्धनले भने पून ः मतदान नभए ठुलो दुर्घटना हुने र त्यसको जिम्मेवार निर्वाचन नगर्ने पक्षका दल, प्रशासन र निर्वाचन आयोगले लिनु पर्ने जनाउँदै आएको छ । करिब १४ सयको हाराहारीले मात्र गर्न पाएको मतदानमा मतदाता नामवली अनुसार बाँकी १७९२ जनाले भने मतदान गर्न बाटै बन्चित छन् । आफ्नो प्रतिनिधिलाई मत लागाउन नपाएको भन्दै त्यहाँका मतादाताहरु आक्रोसित बनेका छन् । उनिहरुले आफ्नो मत लगाउने अधिकार सुनिश्चित गराउन सम्बन्धित निकायहरु सँग आह्वान गरेको छ । त्यसै वडाका मत लगाउन छुटेको मतदाता विमल किँरातीले सयौँको संख्यामा मतदान गर्न जनताहरु बन्चित रहेको जनाए । जनताको मतदान गर्ने अधिकार सरकारी सेवामा लागेका व्यक्तिहरुले नै जानाजान जनताको अधिकारको हत्या गरेको उनले जनाए । यहाँ ठुलो संख्यामा मतदान गर्ने जनताहरु मैदानमा भेला भएका थिए । ढिला सुस्ती र अनेकौँ झन्जट गराई समय खेरो फाल्दै पानी परेको निउमा मतदान प्रभावित पार्ने गरेको उनिहरुको आरोप छ ।
वडाअध्यक्षका उम्मेदवार नविन राई सहित अन्य उम्मेदवारहरु स्वयम आफैले पनि मत हाल्न पाएका छैनन्
१२ नं वडाअध्यक्षका उम्मेदवार नविन वान्तावा राईले पनि मत लगाउन पाएका छैन् । राई सहित अन्य वडासदस्यहरु पनि बन्चित छन् । राई सहित वडा सदस्य उम्मेदवारहरु प्रथमलाल चौधरी, महिला सदस्य बुद्धिमाया तुम्वाहाम्फे र रमेश राउत लगायतले पनि मतदान गर्न पाएका थिएन् । उनिहरुले त्यो दिन बिषेशगरी जनताहरुलाई प्राथामिकतामा राखेर मतदानका लागि समय दिएका थिए । यस्तै त्यस ठाउँका बुद्धिजिवी, शिक्षक जस्ता व्यक्तित्वहरु समेत मतदान बाट बन्चित छन् । १२ नं वडाका संञ्चारकर्मि तथा शिक्षक समेत रहेका हरि कुमार राई पनि मतदान बाट बन्चित छन् । त्यस्तैगरी त्यस ठाउँका राजिनितक दल तथा अगुवा बिमल किराँतीहरु जस्ता सम्मले मत हाल्न पाएको छैन् । ढिला सुस्ती गरी जनताहरुलाई मत हाल्न असहज बनाउने प्रति गम्भीर ध्यानाकर्षण गर्दै त्यस वडाका जनताहरुले पून ः मतदानको माग बाराम्वार गरिरहेका छन् ।
