Tuesday, June 2News That Matters

१२ नं वडामा पनि राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

पूर्णपुष्टि, माघ २६
त्रियुगा नगरपालिका १२ नं वडामा पनि राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना भएको छ । वडा कार्यालयकै माथिल्लो तल्लामा आयोगको भवन स्थापना गरिएको हो । कार्यालयको उद्घाटन बुधबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीले संयुक्त गरेका छन् ।

कार्यालयको उद्घाटन सँगै मेयर चौधरीले कार्यालय भर्खरै स्थापना भएपनि भूमिहिन सुकुम्वासीहरुको काम भने पहिल्यै बाट भईरहेको जनाए । चौधरीले प्रत्येक वडाहरुमा हाल नापीको काम भईरहेको र अब सम्पूर्ण कामहरु यसै कार्यालयबाट गर्न सकिने समेत जनाए । मेयर चौधरीले अब नगरमा सुकुम्वासी समस्या तत्कालै सहज बनाईने र सबैलाई आधिकारीक बसोवास तर्फ लैजाने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति उदयपरका अध्यक्ष् बल बहादुर तामाङा, त्रियुगा नगरपालिका सामाजिक विकास शाखाका संयोजक मान वहादुर राई, १२ नं वडाका अध्यक्ष जय बिक्रम राई लगायतको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको थियो ।