
पूर्णपुष्टि, साउन २४ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा प्रहरीले १३५ किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार दिउँसो इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३८०८ नम्बरको मिनि ट्रकबाट उक्त गाँजा बरामद गरेको हो।
प्रहरीले ट्रक चालक शहिदभूमि गाउँपालिका-५ का २८ वर्षीय भूमिराज राईलाई पनि नियन्त्रणमा लिएको छ। गाँजासहित पक्राउ परेका चालकमाथि जिल्ला प्रहरी कार्यालय धनकुटामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
