
पूर्णपुष्टि, चैत्र २१
एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले शान्तिधामका बटुकहरुलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेको छ । कम्पनीको १४ औँ बार्षिकोत्सवको अवसरमा शाखाले शान्तिधामका त्रियुगा हंस अमर गुरुकुलमका बटुकहरुलाई आद्यन्न सहयोग गरेको हो । खाद्यन्न गुरुकुलम समितिका अध्यक्ष गिरिराज मणी खतिवाडालाई हस्तान्तरण गरिएको छ । सोमवार शान्तिधाम स्थित गाईघाटका बरिष्ठ ख्यातिप्राप्त व्यवसायी तथा समाजसेवी भरत चाम्लीङ समाज सेवी तथा व्यवसायी किसन राई लगायत कम्पनीका शाखा प्रमुख बालकुमार राईले अध्यक्ष खतिवडालाई खाद्यन्न हस्तान्तरण गरेको हो ।
खाद्यन्नमा दुईबोरा चामल, ४ प्याकेट दाल, १ बोरा आलु, १ काटुन तेल, ५ प्याकेट नुन, १ काटुन बिस्कुट लगायत अन्य मरमसलाहरु समेत प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख बाल कुमार राईले जनाए ।

शाखा प्रमुख राईले कम्पनीको १४ बर्षे यात्राको सुखमय अवसरमा बटुकहरुलाई सहयोग गर्ने इच्छा जागेको र सोही अनुसार सहोगको उपलब्ध गराएको जनाए । यस एसियन लाईफ विमा कम्पनीले आर्थिक कारोवारको बाटोलाई मात्र ध्यान नदिई सामाजिक क्षेत्रमा समेत ठुलो योगदान पुराएको भन्दै आवश्यकीय ठाउँमै कम्पनीले बिचार पुराएर सहयोग गरेको जनाउनुभयो ।
यस्तै समितिका अध्यक्ष गिरिराज मणी खतिवडाले एसियन लाईफको १४ औँ बार्षिकोत्सवलाई शुभकामना दिँदै सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनले हाल सम्म अन्य पठनपाठनहरुको लागि सामान्य बजेट छुटिएको भएपनि बटुकहरुलाई खान लाउन भने यस्तै सामाजिक कार्य अन्तरगत सहयोग जुट्ने क्रममा एसियन लाईफले समेत यो अवसर जुराएकोमा कम्पन्नीलाई थप सफलताको शुभकामना समेत व्यक्त गरे । खाद्यन्न सँगै बरिष्ठ व्यपारी तथा समाज सेवी भरत राई, किसन राई, शाखा प्रमुख बालकुमार राई अभिकर्ता निर्मला तमाङ लगायतले आर्थिक सहयोग समेत गरेका थिए ।





