
पूर्णपुष्टि, ७ बैशाख ।
उदयपुरका जिबेस राईले १४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन् । २०८१ बैशाख ४ देखी ६ गते सम्म भएको प्रतियोगितामा उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बालाम्ताको जिबेसले कराते प्रतियोगितामा ६२ कजेी तौल तर्फ स्वर्ण पदक जित हात पारेका हुन् ।
साथै राईलाई छात्र तर्फ उत्कृष्ट खेलाडी समेत घोषित गरी पुरस्कृत गरिएको छ । सातै ओटा प्रदेशबाट सहभागी खेलाडीहरु मध्ये राई कोशी प्रदेशबाट सहभागी भएका थिए । सात प्रदेशबाट ८४ जना खेलाडीहरु सहभागी मध्ये कोशीबाट छात्रा ६ जना र छात्रा ६ जना गरी जम्मा १२ जना खेलाडीहरु सहभागी थिए ।
२ स्वर्ण, ६ रजत १ कास्य पदक सहित कोशी प्रदेश प्रतियोगिताको दोस्रो भएको छ । जिबेशले पहिले पनि त्रियुगा नगरपालिका अन्तर विद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने पालिका स्तरीय प्रतियोगितामा पनि प्रथम भई कोशी प्रदेश अन्तर जिल्ला स्तरीय प्रतियोगितामा पनि प्रथम स्थान नै हासिल गर्दै राष्ट्रिय प्रतियोगितामा छनोट भएको उदयपुरका कराते प्रशिक्षक प्रकाश राम राईले जनाए । चरणबद्ध रुपमा स्टेप बढाउँदै आएका जिबेशले राष्ट्रपति रनिङ शिल्डमा पनि राम्रो प्रस्तुती दिएको प्रशिक्षक राईको भनाई छ । कोशी प्रदेशलाई दोस्रो बनाउन जिवेशले ठुलो भुमिका खेलेको राईले जनाए । जिबेश हाल त्रियुगा नगरपालिका ११ प्याराडाईज बोर्डिङमा अध्यानरत छ ।
