
पूर्णपुष्टि, फागुन २९ । त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा आज सोमवारबाट अन्तर वडा स्तरीय पुरुष फुटवल तथा भलिवल प्रतियोगिता सुरु भएको छ । वडा युवा खेलकुद विकास समितिको अयोजना तथा त्रियुगा नगरपालिका १४ नं वडाको समन्वयमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता चैत्र १ गते सम्म संञ्चालन हुने अयोजकले जनाएको छ । यो प्रतियोगिता बिषेश गरी छनोटका लागि गराईएको पनि आयोजकको भनाई छ । मेयर कपमा सहभागी जनाउनका लागि छनोट प्रक्रिया अन्तरगत प्रतियोगिता गराईएको हो । प्रतियोगितामा धमाधम टिमहरुले भाग जनाउने क्रम जारी रहेको छ । प्रतियोगिताका प्रथमलाई ५ हजार दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार पुरस्कार सहित ट्रफि र प्रमाण पत्रको व्यवस्था रहेको छ । उक्त प्रतियोगितामा बिजयी भै छनोटमा पर्ने टिम तथा खेलाडीहरुले मेयर कपमा सहभागी जनाउने छ ।
