Friday, June 12News That Matters

१६ नं वडाको हजार मत गन्दा बलदेवलाई ५१९ मत, वडाअध्यक्षमा मान वहादुर राई जित नजिक

पूर्णपुष्टि, जेष्ठ ११
त्रियुगा नगरपालिका १६ नं वडाको एक हजार मत गन्दा प्रमुख तर्फ गठबन्धनको बलदेव चौधरीलाई ५१९ मत प्राप्त भएको छ । सो वडाबाट चौधरीलाई अन्य प्रतिस्पर्धि भन्दा बढी मत प्राप्त भएको जानकारी छ । चौधरीको कलमलाई ५१९ मत आउँदा यता रुखलाई २२४ र सुर्यलाई १३६ मत प्राप्त भएको छ । यस्तै गरी उपमेयरमा पनि यस वडाबाट बढी मत प्राप्त हाल सम्मको गणनाले देखाएको छ । उपमेयरमा गिता खड्काको ५६२ मत आएको छ । यसैगरी उमेयरमा रुखलाई २१५ सुर्यलाई १५४ मत प्राप्त भएको छ । यसैगरी त्यस वडाका वडाअध्यक्ष तर्फ माओवादीका मान वहादुर राईलाई ६३८ मत प्राप्त भएको छ भने कांग्रेसका रामवहादुर मगरलाई २२३ र सुर्यको बिष्णु मगरलाई ९१ मत प्राप्त भएको छ । वडामा राईले अत्यादिकका साथ अग्रता लिरहेको छ ।