Friday, June 12News That Matters

१९ दिनदेखी उदयपुर सिमेन्ट उद्योग बन्द

पूर्णपुष्टि, असार २८ गते ।
उदयपुर सिमेन्ट उद्योग १९ दिनदेखि बन्द छ । उद्योग सञ्चालनका लागि आवश्यक विजुली आपूर्ती नहुदा बन्द भएको हो । गत असार ९ गतेदेखि भोल्टेजमा हुने गबढीले उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन ।
उद्योग सञ्चालनका लागि ६ मेघावाट विद्युत आवश्यक पर्नेमा २ मेघावाट मात्र आपूर्ती भएकाले सिमेन्ट उत्पादनको काम बन्द भएको महाप्रबन्धक गोपीकृषण न्यौपानेले बताए । सिमेन्टको बढी माग हुने समयमा उत्पादन बन्द हुदा उद्योगलाई दैनिक करोडौ घाटा लागिरहेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्ने आएको यो उद्योगले दैनिक ६ सय टन क्लीङकर उत्पादन गर्दै आएको थियो ।