
सुनसरी, चैत्र ३ गते ।
सुनसरीको भोक्राहाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ बाट अरुण यादव र विवेक यादव पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा प्रहरीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका स्थानीय २४ बर्षीय अरुण र सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ निबासी २० बर्षीय बिबेकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाईट्रोभेट ७ सय ५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन १ हजार १ सय ६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
