Sunday, May 17News That Matters

२ करोड बढीको अबैध समान सहित १ जना पक्राउ

पूर्णपुष्टि, माघ १४

ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका ६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।