
भोजपुर, कात्तिक २४ गते ।
भोजपुरको चखेवा भञ्ज्याङमा दुई नाल भरुवा बन्दुक फेला पारेको छ । भाजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा लोड गरि राखेको अवस्थामा दुई नाल बन्दुक फेला पारेको हो ।
सशस्त्र प्रहरी बल वेस क्याम्पबाट सशस्त्र प्रहरी नायव निरिक्षक तारानाथ गौतमको कमाण्डमा रहेको प्रहरी टोलीले संखास्पद ४/५ समूहलाई पिछा गरी रोक्नु खोज्दा खोटाङ तर्फ फरार भएको र उक्त ठाउँमा लोड गरेको दुई नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त बन्दुकमा ५० ग्राम बारुद र ८ छर्रा रहेको प्रहरीले जनाएको छ । बन्दुक सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको र नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।
