
पूर्णपुष्टि,फागुन ७
२५ किलो गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलील गाँजासहित पक्राउ गरेको हो ।
ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त अटोको थिङ चालक हुन् ।
पक्राउ परेको दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
