Wednesday, June 17News That Matters

३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

पूर्णपुष्टि, १५ जेष्ठ ।
गाईघाटमा भैरहेको ३ दिने आधारभुत पत्रकारिता तालिम सोमवार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गाईघाटको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको समन्वयमा संञ्चालन भएका थिए ।

उद्योग क्षेत्रलाई पनि लेख्ने र देख्ने संञ्चारको आवश्यक रहेको भन्दै पत्रकारिता तालिम आयोजना गरिएको माहासंघले जनाएको । घरेलु उद्योगले यस कार्यक्रम पहिलो चोटी परिक्षणको रुपमा गरिएको जनाए । यसले सफलता पाए अर्को पटक थप बजेटका साथ कार्यक्रम संञ्चालन गर्ने प्रयास रहेको जनाए ।

तालिम समापनको प्रमुख अतिथि घरेलु तथा साना उद्योग माहासंघ कोशी प्रदेशको बरिष्ठ उपाध्यक्ष प्रदिप गिरीले स्थानीय उद्योगलाई प्रचार गर्नु पर्ने जनाए । स्थानीय उद्योगलाई संञ्चार माध्यमले नलेख्ने हो भने धरासाय बन्दै जाने जनाए । उनले तालिममा सहभागीहरुलाई अब उद्योग क्षेत्रमा कलम चलाउन सुरु गर्न समेत आह्वान गरे ।
तालिमा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएका थिए ।