Saturday, May 16News That Matters

३ पालिकालाई पूर्व विपद् तयारीको सामामाग्री हस्तान्तरण

उदयपुर/माघ, ९

जाल्पा एकीकृत विकास समाज नेपालले छिटो र सरल तरिकाले विपद् व्यवस्थापनमा सहयोग पुराउने भन्दै पूर्व विपद् तयारीका गैरखाद्य सामाग्रीहरु ३ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आआफ्नो क्षेत्रहरुमा आईपर्ने विपदलाई तत्काल उद्धार तथा राहत सामाग्रि उपलब्ध गराउन स्थानीय सरकारको छिटो पहल रहने भन्दै पालिकाहरुलाई सामाग्रि हस्तान्तरण गरिएको हो । सामाग्रि कुनै पनि विपद्मा परेकाहरुलाई तत्काल राहत वितरणमा आफ्नो नजिकैको स्थानीय सरकारले सरल र छरितो रुपमा प्रदान गर्ने भन्दै पालिकाहरुलाई हस्तान्तरण गरिएको हो ।सो सामाग्रि विपद्मा परेको कुनै पनि परिवारहरुलाई पालिकाले पहिचान गरी प्रदान गर्ने बताएको छ । बिहिबार गाईघाट स्थित वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकालाई सामाग्री हस्तान्तरण गरिएको छ ।

विपद् कुनै पनि समयमा आईपर्न सक्ने हुनाले पूर्व तयारीमा सहयोग पुराउन संस्थाले बिभिन्न आईटमका प्याकेज अग्रिम रुपमा तयार गरेको छ । तिरपल २ पिस न्यालन डोरी २ रोल, झुल २ पिस, म्याट २ पिस, ब्लाङकेट २ पिस, र १ सेट सोलार लाईट सहितको प्याकेज पालिकालाई हस्तान्तण गरेको छ ।

अचानक आईपर्ने प्राकृतिक विपद्ले वितरणको राहत भन्दा पनि बढी समयर खर्चको बाबजुत राहत लिनु पर्ने कुरालाई सहज बनाउने भन्दै अग्रिम राहत पालिकाहरुमा उपलब्ध गराएको जाल्पा एकीकृत विकास समाज नेपालका अध्यक्ष पुष्प पोखरेलले बताउनुभयो ।उहाँले घटना भईसकेपछि वडाको सिपारिस, गाउँपालिकाको सिफारिस, प्रहरीको सर्जिवन लगाएतका बिभिन्न प्रक्रियाहरुले पिडितलाई थप समस्या बनाएको बताउनुभयो । यो समस्या सँगै राहत लनु गाईघाट आइपुग्दा १०/१५ दिन लाग्ने र आउनु जानुमै राहत बराबरको खर्च हुने अवस्था पिडितहरुले बेहोर्नु परेको भन्दै गाउँपालिकाहरुलाई अग्रिम राहत व्यवस्थापन गराएको पोखरेलले बताउनुभयो ।रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र कुमार खड्काले जिल्लामा भएको कुनै पनि प्राकृति विपद्मा महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले जाहाँ विपद त्यहाँ जाल्पाको टिपट रहेको बताउनुभयो । संक्रमण कालिन स्थानीय सरकारको अवस्थामा पनि आफ्नो क्षेत्रमा संस्थाको यस्तो कदमले पिडितहरुले तत्कालै राहत पाउने बताउनुभयो । राहत वितरणमा नायाँ अवधारणाका साथ अग्रिम सामाग्री वितरण प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।ताप्ली गाउँपालिकाको अध्यक्ष उद्धव सिंह थापाले जाल्पा र वर्डभिजनले प्राकृतिक घटनामा विपद् पर्ने मानवहरुलाई गर्ने सहयोग सकरात्मक रहेको बताउनुभयो । सरकारको एक द्ववार प्रणालीको लक्ष्य अनुसार नै यसको तयारी जाल्पाले गरेको उहाँले बताउनुभयो । अझै पनि यस्तो कार्यहरुमा यसरी संघसंस्था, पालिका र स्थानीयहरुमा समन्वय हुदै गएमा प्रभावकारी हुने उहाँले बताउनुभयो ।पिडितलाई तत्काल उद्वार होस् भन्ने उदेश्यले सामाग्रि हस्तान्तरण गरिएको वर्डभिजन इन्टरनेशनल नेपालका शिक्षा कोडिनेटर अजय शाहले बताउनुभयो । अहिले तत्काल २५÷२५ थान पालिकाहरुलाई हस्तान्तरण गरिएको शाहले बताउनु भयो ।