
पूर्णपुष्टि, असार १ गते ।
सुनसरीको इटहरीमा तीन महिने शिशुको घाँटी थिचि हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । ईटहरी उपमहानगरपालिका–१७ मुसहर टोल वस्ने वर्ष ३२ की उर्मिला सुनारले आफ्नै छोरा भुवन बि.क लाई घाटी थिची घाईते बनाएकी थिइन् ।
उक्त बालकको उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा बालकको ज्यान गएको हो ।
महिलालाई सोही दिन इटहरी प्रहरी कार्यलय पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएको ईटहरी प्रहरीले जनाएको छ ।
