Wednesday, July 1News That Matters

४ बर्ष देखी फरार रहेका तिन प्रतिवादीद्धारा आत्मसमपर्ण

पूर्णपुष्टि, फगुन ९ गते । सर्लाहीमा करिब साढे ४ बर्षदेखी फरार रहेको ३ प्रतिवादीले आत्मसमर्पण गरेका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना मुद्दाका तिन जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षीय धर्मेन्द्र साह, ३७ वर्षीय राजीव कुमार यादव र ५० वर्षीय देवेन्द्र राय यादवले प्रहरी समक्ष सोमबार आत्मसर्मपण गरेका हुन् । धमेन्द्र २ लाख, राजिब र देवेन्द्र १ लाख ५० हजार, १ लाख ५० हजार धरौटी तिरेर छुटेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।

०७५ साल कात्तिक १२ गते सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली काँग्रेस र तत्कालीन नेकपा कार्यकर्ताहरुकाबीच विकास निर्माणको विषयमा विवाद भएको थियो । उक्त विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप हुँदा चलेको गोली पेट र मुखमा लागेर स्थानीय राम विलास महतोको मृत्यु भएको थियो । त्यस्तै राम नरेश महतोको खुट्टा भाँच्चिएको थियो ।

राम नरेश काँग्रेसबाट निर्वाचित तत्कालिन वडा अध्यक्ष हुन भने मृतक राम विलास उनको काका थिए । त्यसबखत घटनामा संलग्न रहेका अभियुक्तहरु फरार भएका थिए ।