
पूर्णपुष्टि, बैशाख १४ । एसीसी मेन्स प्रिमियर लिगमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । नेपालको लागी सन्दिप लामिछानेले सार्वाधिक ५८ बलमा ४२ रन बनाए भने ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर आउट भएका थिए ।
सोमपाल कामीले ११ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाएर आउट भए । कुशल मल्लले ३ रन मात्र जोड्न सके भने आरिफ शेख ११ रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले १२ रन मात्र जोड्न सके भने गुल्शन झाले ७ रन मात्र जोड्न सक्यो । बलिङमा कतारका अमिर फारुकले ३ विकेट लिए । मुनवीरा र ओवाइस अहमेदले समान २–२ विकेट हात पारे।
