
पूर्णपुष्टि, असोज १०
मानव अधिकारका लागि महिला, एकल महिला समुह उदयपुरले ४२ औँ समाजिक दिवसको अवसर पारी आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको छ ।
आईतबार गाईघाट स्थित संगम पुस्तकालयको सभाहलमा एकल महिलाहरुको ठुलो उपस्थितिमा बार्षिक साधारण सभा गरेको हो । यस संस्थाले एकल महिलाहरुको हक अधिकार, पहिचान र पैरवीको कुरा उठाउँदै आएको एकल महिलाहरुको बुझाई छ । एकल महिलाहरुलाई समाजमा सहज बनाउँने उदेश्यले प्रशासनमा दर्ता भई एक बर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको संस्थाकी अध्यक्ष शोभा दाहालले बताईन् ।
दाहालले हाल यो संस्थामा जिल्लाभरी ११ सय भन्दा बढी एकल महिलाहरु आवद्ध रहेको बताईन् । संस्थाले एकल महिलाहरुको हितमा बिभिन्न कामहरु गर्दै आईरहेको पनि दाहालले बताईन् । उनिले पहिले एकल महिलाहरुलाई समाजमा खुलेर हिड्न निकै अप्ठेरो हुने र एकल महिलाहरु प्रति समाजको दृष्टी भ्रमिक हुने गरेको बताईन् । आफ्नो एक महिलाको पिडा र भोगाई बताउँदै एकल महिलाहरुलाई समाजमा सहज गराउन र भ्रम चिर्न यस संस्थाको आवश्य ठानी एकल महिला समुह निर्माण गरिएको दाहालले बताईन् । यस संस्थामा अवद्ध महिलाहरुले आफु मात्रै एकल महिला नभएको महसुस गरेको बताए । संस्थामा आएपछि एकल महिलाहरुको ठुलो सहभागीताले आफुहरुपनि कुनै एक समुह र समाजमै रहेछौँ भन्ने महसुस भएको उनिहरुको भनाई छ ।
एकल महिलाहरुको क्षेत्रमा दोस्रो ठुलो संस्थाको रुपमा रहेको यस समूहले एकल महिलाहरुको निम्ती आवाज उठाउने गरेको संस्थाले जनाएको छ । एकल महिलाहरुलाई स्वतन्त्रताको महसुस गराउन संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम तथा पैरवीको कार्यक्रमहरुलाई अगाडी बढाएको संस्थाकी सचिव कल्पना ढकाल राईले बताईन् । संस्थाले एकल महिलाहरुको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको भएपनि आफ्नै आर्थिक स्रोत नहुँदा संस्था संञ्चालनमा ठुलो चुनौती देखिएको उनिले बताईन् ।
उनीले बर्षभरी गरेको कामको अनुव र एकल महिलाहरुका लागि स्थापना भएको यस संस्थाको उदेश्य, चुनौती, क्रियाकलाप, उपलब्धी बारे प्रतिवेदन प्रस्तुत गरिन् ।
प्रसस्त आर्थिक स्रोतहरु नहुँदा संस्थालाई थप मजवुद बनाउनमा समस्या रहेको भन्दै सम्बन्धित क्षेत्रहरुमा ध्यानाकर्षण पनि गराएको छ ।
कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्विका थापा लगायत बिभिन्न सम्बन्धित निकायहरुले उपस्थिति जनाएका थिए ।
