Monday, April 20News That Matters

७८१ कोरोना संक्रमित थपिए, २ को मृत्यु

पूर्णपुष्टि, साउन २७ गते ।
वितेको २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा थप २ जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् । यस्तै, ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।