Monday, April 20News That Matters

९५ प्रतिशत महिला हिंसा मध्ये ७५ प्रतिश पुरुष बाटै : राष्ट्रिय महिला आयोग

पूर्णपुष्टि, चैत्र २३ । नेपाली समाजमा अझै पनि महिला हिंसा तथा लैँङ्गिक हिंसाहरु छरपस्टै रहेको राष्ट्रिय महिला आयोगले जनाएको छ । बिहिबार उदयपुरमा आयोजित स्थानीय तह न्यायिक समति तथा पदाधिकारी बीच लैङ्गिक हिंसा निवारणको असल अभ्यास र न्यायिक अन्तरक्रिया कार्यक्रमा यस्तो डाटा प्रस्तुत भएको हो । आयोगकी अध्यक्ष कमला पराजुलीले नेपाली समाज अझै पनि हिंसाबाट पर बस्न नसकेको जनाईन् । यहाँको समाज र पुरुषवादी ब्यवहार तथा सोचका कारण महिलाहरु सबै भन्दा बढि हिंसामा पर्ने गरेको जनाईन् । त्यस भित्र पनि दलित, सिमाङकृत, अल्पसंख्य, अपाङगता र आदिवासी जनजातिका महिलाहरु थप हिंसामा परेको पराजुलीले जनाईन् । पराजुलीका अनुसार यस्तो हुनुमा नेपाली समाज अझै पनि सचेत नरहेको समेत जनाईन् ।

हिंसा अन्त्य गर्न समाजमा सचेतना मुख्य कुरा रहेको उनिले बताईन् । त्यसका लागि न्यायलयहरु प्रसस्त हुनु भन्दा पनि न्युनिकरणका लागि चेतना मुलक कार्यक्रमहरु आवश्यक रहेको जनाईन् । चेतनाको कमिले नै नेपाली समाजहरु अझै पनि अन्याय गर्ने र हिंसामा सहभागी हुने जनाईन् । यदि हिंसाका घटनाहरु नभए कुनै पनि न्यायलयहरु प्रसस्त रुपमा निर्माण गर्नु पर्ने पनि आवश्यक नरहने जनाईन् । यहाँ हिंसा हुन्छ भनेर बिभिन्न न्यायको कार्यालयहरु अन्तरगत स्थानीय स्तरमै न्यायिक समिति समेत खडा भएको छ, हरेक पालिकाका उप्रमुख स्थानीय न्यायिक समितिको संयोजक हुने गरी न्यायिक समिति खडा गरिन्छ । त्यस न्यायिक समितिले न्याय दिने कुरा मात्रै नभएर समाजका नागरिकहरुलाई सचेत गराउन तर्फ उन्मुख हुनु पर्छ, पराजुलीले भनिन्,“ उनीले त्यसका लागि स्थानीय सरकारका उपप्रमुख आफैमा न्यायिक समिति संयोजक रहेको कारण पनि यसका लागि बजेट छुटाउनु पर्ने जनाईन् ।

बजेट छुट्टाउन बारे आधिकारिक कार्यापालिकाको निर्णयमै मुख्य प्राथामिकताका साथ कार्यन्वयन गर्नु पर्ने समेत जनाईन् । आवश्यक बजेटको अभावमा नागरिकहरुलाई सचेत गराउन नसक्दा पनि स्थानीय स्तरमा हिंिसा निवारणको असल अभ्यासहरुमा चुनौती रहेको जनाईन् । बजेटमा पनि अपाङ्गता, दलित, आदिवासी, अल्पसंख्या गरी बिभिन्न क्याटोगरीमा छुटाउनु पर्ने जनाईन् । यस्तै कार्यक्रममा उपस्थित न्यायिक संयोजकहरुले स्थानीय स्तरमै कतिपय लफडाहरु मिलाउन आफुहरु सफल भएको समेत जनाईन् । त्यस्तै जिल्ला प्रशासन कार्यालयका उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हरेक मानिसहरु ब्यवहारिक हुनु जरुरी रहेको जनाए । उनले मानव स्थरमा चेतनाको बृद्धि संगै सकरात्मक व्यवहार प्रयोग गर्दा समाजमा हिंसाहरु आफै नष्ट भैकन जाने जनाए । यस्तै कानुन व्यवसायीहरुले ब्यवहार एका तिर कानुन अर्को तिर रहेको टिप्पणी समेत गरे । कानुनको कारण अहिले बालविवाहमा मुछिएका जोडिहरु अलपत्र परेको समेत जनाए । बच्चा बच्ची भैसकेर ब्यवाहारिक पाटोमा लागेको परिवार केटा पक्ष जेल र केटी पक्ष अलपत्र पर्नु परेको केस बिगबिग रहेको जनाए । कार्यक्रममा ४ ओटा पालिकाहरुका न्यायिक संयोजकहरुको उपस्थित रहेका थिए । त्यस साथै, कानुन व्यवसाय, महिला अधिकारकर्मी, प्रहरी, अभियान्ता, संञ्चारकर्मी, ओसीएमसी, ओरेक नेपाल लगायतका महिला संग जोडिएका निकायहरुको बृहत उपस्थिति रहेका थिए ।