Monday, February 17News That Matters

अक्षयकोष स्थापनाका लागि गाईघाटमा मुन्दुम सांस्कृतिक साँझ हुने

पूर्णपुष्टि, २६ पुष ।
उदयपुरमा यलदोङ सांस्कृतिक मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । किरात राई संस्कृतिक कलकार संघ उदयपुरलाई अक्षयकोष स्थापनाको लागि मुन्दुमी सांस्कृतिक साँझ हुने भएको हो । आयोजक किरात राई सांस्कृतिक कलकार संघ उदयपुरका अनुसार यलदोङ ५०८५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । पुष २८ गते आईतबार होटल द एम्पायर इन मोतिगडामा भव्य दिउँसो २ बजेदेखी सांस्कृतिक साँझ हुने भएको छ । कार्यक्रमबार आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कार्यक्रममा मुन्दुमी बाचन र कलकारहरुको मनोरन्जनात्मक कार्यक्रम रहने छ । बरिष्ठ गायक तथा संगितकार जितेन राई, गायीका पार्वति राई गायक भिषण मुकारुङ लगायतका ख्याति प्राप्त कलकारले सांस्कृतिक मनोरञ्जन दिलाउने छ भने मुन्दुमी अध्येयता शालिक शतासक राईले मुन्दुमी ज्ञान प्रदान गर्ने छ । कार्यक्रमलाई किरात राई यायोख्खा माताहतका भातृ तथा मातृ संस्थाले सहआयोजना गर्ने भएको छ भने किरात राई सांस्कृतिक कलकार संघ केन्द्रीय कार्य समितिले संयोजन गर्ने भएको छ ।