Wednesday, June 10News That Matters

अझै घर जान सकेनन् कोशी क्षेत्रका बासिन्दा

पूर्णपुष्टि, साउन २४
सप्तकोशी नदिले बाध फुटाएर बस्तीमा पसेपछि विस्थापित भएका स्थानिय अझै घर फर्कन सकेका छैनन् । साउन १८ गते बिहानै कोशीले बेलका नगरपालिकाको डुम्रेबोटेको बाध फुटाएर बस्तीमा पसेको थियो ।कोशी बस्तीमा पस्दा बेलका नं.पा. २,३,८,९ का एविसि टप्पु भाटे, सिसैली, एकता बस्ती, चिल्म, दुर्गामन्दिर, लगाएतका बासिन्दा बिस्थापित भएका थिए । सो क्षेत्रका २० हजार जनता प्रभावित भएपनी ५ हजार बिस्थापित भएका थिए । बिस्थापितलाई बेलका नगरपालिकाले व्यबस्थापन गरेको छ । कोशीमा पानिको सतह केहि घटेपनि पानी गाउँतर्फ बगिरहेकोले बिस्थावित घर फर्कन सकेका छैनन् । पानिको बहाव बड्न सक्ने जोखिम रहेकोले उनिहरु घर जान डराईरहेको छन् ।