Monday, September 14News That Matters

अतिविपन्न तीन छोरीका लागि बनाइएको नयाँ घर हस्तान्तरण हुँदै

पूर्णपुष्टि सम्वाददाता/उदयपुर, भदौ २८ ।
आर्थिक अवस्था कमजोर रहेका त्रियुगा नगरपालिका–११ का तीन दनुवार छोरीका परिवारका लागि निर्माण गरिएको नयाँ घर आज हस्तान्तरण गरिने भएको छ ।
३२ वर्षीया आमा आशा सदा दनुवार, ३३ वर्षीय बुबा किसान दनुवारका तीन छोरीहरु १३ वर्षीया सपना दनुवार, १२ वर्षीया कल्पना दनुवार र ७ वर्षीया अर्चना दनुवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिने भएको हो ।
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी बुद्धिकुमार राईको पहलमा घर निर्माण अभियान सञ्चालन गरिएको थियो । अभियानमा स्थानीय व्यक्ति, व्यवसायी तथा विभिन्न क्षेत्रका सहयोगीहरूले आर्थिक तथा निर्माण सामग्री सहयोग गरे भने विभिन्न व्यक्तिहरुको श्रमदान रह्यो ।
अभियानबाट प्राप्त नगद २६ हजार ४ सय रुपैयाँ तथा सामग्री सहयोगलाई घर निर्माण, शौचालय निर्माण, ढुवानी तथा आवश्यक अन्य सामग्री खरिदमा प्रयोग गरिएको अभियन्ता राईले बताएका छन् ।
नयाँ घर निर्माण भएपछि लामो समयदेखि कमजोर आवासीय अवस्थाका बीच बस्दै आएका आशा सदा दनुवारको परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।