
पूर्णपुष्टि, जेष्ठ २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अब विस्तारै तापक्रम घट्दै जाने र बर्षात हुने भएकोले गर्मीबाट मुक्त मिल्नेछ ।
आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । मौसमविदहरुका अनुसार पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । त्यसैले तराईका भू(भागहरूको अधिकतम तापक्रम नबढ्ने जनाईएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार बर्षासँगै बदलीको दिन बढ्ने भएकोले तापक्रम घट्ने र गर्मीबाट राहत मिल्ने छ ।
शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका भु–भागमा आंशिक बदली देखिएको छ । सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
