
पूर्णपुष्टि, १ जेष्ठ ।
सयुक्त राज्य अमेरिकावासी किरात राईहरुको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका ग्प्च्इब् ले किरात सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरेको छ ।
बेशाखे पूर्णिमाबाट सुरु हुने साकेला उभौलीको अवसरमा मे १२ २०२५ का दिन १४ मा राईहरुको साँस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधामको रुपमा मानिने सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरिएको हो ।
२०२५ का दिन १४ पेइग हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा गत १४ जनवरी, २०२५ मा संस्थाले किनेको ८.०२ एकर क्षेत्रफलको भूमीमा मुन्दुमी विधी र प्रक्रियाबाट पुजारअनुष्टान गरी स्थापना गरिएको छ।
“युक्रा साकेलाभूमेथान तथा साँस्कृतिक सुप्तुलुङ्ग घर”नामाकरण गरिएको यो ठाउँ किराती सँस्कृति र आस्थाको तिर्थधाम बन्नेमा केन्द्रिय महासचिव मुक्ति राईले आफु विश्वास्त रहेको बताउनु भयो। सिमसारको छेउमा अवस्थित जंगलको बीचमा साकेलाथान र त्यसको वरीपरी साँस्कृतिक कार्यक्रम र साकेला सिली नाच्नको निम्ति ठुलो गोलाकार प्राङ्गणको निर्माण गरिएको छ।
सुप्तुलुङ्ग (चुलाघर) भने साकेलाथान प्रवेशद्धारको मुखैमा कृषि प्रयोजनको लागी निर्माण गरिएको घरभित्र स्थापना गरिएको छ । नेपाली अमेरिकन किरात राईहरुको महत्वकॉक्षी योजनाको रूपमा रहेको साकेलाथान तथा सुप्तुलुङ्ग मांङ्गखिम निर्माणको सपना पूरा भएको अभियानका संयोजक तथा पूर्व अध्यक्ष विष्णु राईले बताउनु भयो ।
न्युयोर्कबाट आउनु भएका ग्प्च्इब् को पचहत्तर वर्षिय नक्छुङ्ग पदम ब। राईले मुन्धुमी रिसिया गाँउदै र सिलीमोपा हरी राईको नेतृत्वको टोलीले मांङ्ग सिली नाचेर विधीवत रुपमा पूजा अनुष्टान गरी स्थापना गरिएको छ।
तीन चुलाको सन्दर्भमा थप प्रकाश पार्नुहुदै पूर्व अध्यक्ष तथा संयोजक राईले नेपाली अमेरिकन किरात राईहरुको निम्ति यो ऐतिहासिक परिघटना रहेको बताउनु भयो । विभिन्न भाषी राईहरुले तीनचुलालाई सुप्तुलुङ्ग, दायाहुईलुङ्ग, बोकोलुङ्ग, सुप्तुलु जस्ता विभिन्न नामले पुकारे पनि आस्था, विश्वास र पुजा अनुष्टान विधी एउटै भएकोले बिवाद र दुविधा नरहेको हुदाँ राईको भनाई छ ।
किरात राईहरुको तिर्थधामको रुपमा रहेको तीनचुला ९सुप्तुलुङ्ग० र साकेला भूमेथान स्थापनाको ऐतिहासिक उपलब्धीले अमेरिकी समाजमा हुर्किरहेका हाम्रा युवा पुस्ता र भविष्यका पिढीहरुलाई आफ्नो मौलिक संस्कृति र सभ्यतासंग व्यवहारिक रुपले परिचित गराउन र आस्था जगाउन महत्वपूर्ण भूमिका रहने ग्प्च्इब् का केन्द्रिय अध्यक्ष जय कुमार राईले बताउनुभयो ।
साकेलाथान र चुलाघर ९सुप्तुलुङ्ग० निर्माणमा अहोरात्र खटीरहनु भएका न्यु ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण बं राईले यो ऐतिहासिक काम सकुशल सम्पन्न गर्न सकिएकोमा आफुलाई अत्यन्तै हर्ष र गर्व लागेको बताउनु भयो ।