अलपत्रको नाटक गरी मोवाईल चोरीको बिगबिगि, सावधान हुन प्रहरीको अनुरोध

पूर्णपुष्टि, पुष १२
सुर्खेतमा अलपत्रको नाटक गरी मोवाईल चोरी गर्ने गिरोहहरु बिगबिगि रहेको प्रहरीले जनाएको छ । बिभिन्न नयाँ बिधि बाट झुक्याएर मोवाई लिएर फरार हुने गिरोहहरु बिगबिगि रहेको सुर्खेत प्रहरीको भानाई छ । मोवाईल धनिलाई अचम्म गरी झुक्याएर आफु अलपत्र परेको नाटक गर्दै मोवाईल लिएर गिरोह फरार भएको प्रहरीले जनाए ।

पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मोबाइल चोर्ने र लुट्नेहरूको विगविगी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार दुई साताभित्र ८ वटा मोवाइल चोरीका उजुरी दर्ता भएका छन् । सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पछिल्लो समय वीरेन्द्रनगरमा ‘समस्यामा परे, एकछिन फोन गर्छु भन्दै मोबाइल माग्ने, र भाग्ने’ गरेको पाइएको बताए ।

गत शुक्रबार बेलुका ७ बजेतिर पातारासी–२, जुम्लाको हिक्मत नेपाली वीरेन्द्रगरको कालुङचोकमा उभिएका थिए । त्यसैबेला दुईजना युवा सवार मोटरसाइल उनको अगाड आएर रोकिए ।
मोटरसाइल पछाडि बसेका युवाले हिक्मतसँग ‘बांगेसिमल’ कता पर्छ भनेर सोधे । ‘सुर्खेतमा हामी नयाँ हो । एक कल गर्नु थियो । एकैछिन मोबाइल दिनुन’ भन्दै मोवाइल मागे । हिक्मतले दिए । त्यसलगतै उनीहरू मोटरसाइलमा हुँइकिए ।

यसै गरी पुस ४ गत बेलुका वीरेन्द्रनगर–४ की एलिसा बम बसपार्क हुँदै घर फर्किंदै थिइन् । बसपार्कको उत्तरी गेटमा एक जना युवा भेटिए । आफू सुर्खेतमा नयाँ भएको र समस्यामा परेको बताए । ‘घर पश्चिम सुर्खेतको पलाइटे हो । अलपत्र परेका छु । मेरो आफन्तलाई फोन गर्न दिनुस् न है । मेरो मोबाइल पनि छैन,’ उनले समस्या परेको नाटक गरे ।

समस्यामा परेको होला भनेर एलिजाले आफ्नो मोवाइल दिइन् । त्यसपछि ती युवक मोबाइल लिएर फोन गरेजस्तो गरे । त्यसलगतै अर्का एक व्यक्ति मोटरसाइकल लिएर ती युवकको अगाडि आए । युवक त्यही मोटरसाइकलमा चढेर भागे । एलिसाले मोटरसाइकल नम्बर नोट गरिन् । प्रहरी कार्यालयमा गएर जानकारी गराइन् ।

हिक्मत र एलिसाले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान थाल्यो । समस्यामा परेको नाटक गरेर मोवाइल लुट्नेहरूको निगरानी बढायो । शाहीका अनुसार वीरेन्द्रनगरमा विभिन्न ठाउँमा २७ जना सादा पोसाकमा प्रहरी परिचालन गरेर केही युवकलाई पक्राउ गरिएको छ ।

आइतबारमात्रै प्रहरीले वीरेन्द्रनगर–४ बाट भे७प ३२५२ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियनत्रण्मा लिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रगर–१ का १९ वर्षीय नवीन सुनार र १८ वर्षीय रविन गुरुङ रहेका छन् । ‘दुवैजनाले हिक्मत र एलिसाको मोबाइल चोरी गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनिहरुलाई थप अनुसन्धान पछि कार्वाही गरिने प्रहरीले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: