Saturday, June 13News That Matters

अशोक राई उदयपुरबाट सिफारिस

पूर्णपुष्टि, भदौ २३ गते ।
जनता समाजवादी पार्टी उदयपुरले प्रतिनिधीसभा निर्वाचनको लागि अशोक राईको नाम सिफारिस गरेको छ । हिजो भाद्र २२ गते पार्टी कार्यालय गाइघाटमा बसेको जिल्ला समितीको वैठकले प्रतिनिधीसभाका लागि अशोक राई सहित पाँच जनाको नाम सिफारिस गरेको छ । जसपा उदयपुरले प्रतिनिधीसभा क्षेत्र नं एकको लागि प्रत्यक्षमा अशोक राई , गोपाल राई र कौशिला मगरको नाम सिफारिस गरेका छ ।
यस्तै समानुपातिकमा शुशिला श्रेष्ठ , जनक विष्ट र गोमा राईको नाम सिफारिस गरी पठाएको छ । प्रतिनिधीसभा क्षेत्र नं २ को लागि प्रत्यक्षमा सिद्धान्त राई र पदम राई सिफारिस हुँदा समानुपातिकमा भने दिपक माझी , फुलसरी राई , गौरीशङकर उदास र अगमशेर राई सिफारिस भएका छन् ।
प्रतिनिधीसभा क्षेत्र नं एक अन्तरगत प्रदेश सभा (क) का लागि प्रत्यक्षतर्फ यो पार्टीले गणेश पुमा राईको नाम एकल नाम सिफारिस गर्दा (ख) का लागि प्रदिप चौधरी र नवराज मगरको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नं २ अन्तरगतको प्रदेश सभा (क) का लागी विश्वराज राई र (ख) का लागि केशर वहादुर मगरको नाम सिफारिस गरेको हो । उदयपुर क्षेत्र नं एकबाट अशोक राईको नाम सिफारिस भएपनि उनले सुनसरीबाट चुवान लड्ने घोषणा गरिसकेका छन् ।
Seen by Sunil Rai at August 31, 2022 at 1:12 PM