Sunday, February 16News That Matters

आगलागीमा क्षती भएको रौतामाईका कृषलाई बिमा दाबी रकम भुक्तानी

पूर्णपुष्टि, २४ माघ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गाईघाटले गतवर्ष आगलागीबाट गोठसहित बाख्रा जलेर क्षती भएका रौतामाई वडा नं। ५ का एक कृषकलाई इन्स्योरेन्स वापतको रकम हस्तान्तरण गरेको छ । कृषक रौतारानी कृषि फर्मका मानबहादुर कटुवालको क्षती भएकोमा बाख्राको १२ लाख ६१ हजार र गोठको ८ लाख ५० हजार रुपैया इन्स्योरेन्स रकम भुक्तानी दिएको हो । हिजो एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष विरेन्द्र कुमार मगर, पशुसेवा शाखा प्रमुख चुडाराज थापा, वडाध्यक्ष पाण्डब राईको उपस्थितिमा कृषकलाई चेकमार्फत रकम हस्तान्तरण गरेको इन्स्योरेन्स शाखा प्रमुख डिवि कटुवालले बताए ।
उक्त अवसरमा शाखा प्रमुख कटुवालको अध्यक्षतामा विमा सचेतना कार्यक्रमसहेत भएको थियो ।