
पूर्णपुष्टि, ७ फागुन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशैभर सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । एसईईप परिक्षाका लागि उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थीहरु सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरका अनुसार उदयपुरमा ३ हजार ५७ छात्रा र २ हजार ८३२ छात्र गरी जम्मा ५८८९ जना विद्याथीहरु सहभागी भएका हुन् । यी परिक्षार्थी विद्यार्थीहरुका लागि उदयपुरमा २७ ओटा परिक्षा केन्द्रहरु तोकिएका छन् ।
जसमा जिल्लाको ८ ओटै पालिकाहरुमा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुले जनाईन् । लिम्वुका अनुसार सबैभन्दा बढी ११ ओटा केन्द्र त्रियुगा नगरपालिकामा रहेको छ भने सबैभन्दा कम केन्द्र ताप्ली, लिम्चुङबुङ र रौतामाईमा १÷१ ओटा केन्दहरु रहेको छ । यता कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकामा ४÷४ ओटा केन्द्रहरु रहँदा बेलका नगरपालिकामा ३ ओटा र उदयपुरगढी गाउँपालिकामा २ ओटा केन्द्रहरु तोकिएको लिम्वुले बताईन् । एसईईका लागि सुरक्षा व्यवस्था र अन्य तयारीका व्यवस्थाहरु सहज बनाईएको जनाईएको छ ।