Tuesday, June 2News That Matters

आज उम्मेद्धारले चुनाव चिह्न पाउने

पूर्णपुष्टि, असोज २६ गते ।

निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेद्धारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगको तालिका अनुशार आज दिउसो एक बजेसम्म आयोगले उम्मेद्धारी फिर्ता लिन चाहने उम्मेद्धारलाई आफ्नो उम्मेद्धारी फिर्ता लिन समय दिएको छ । दिउँसो तीन बजे सम्ममा आयोगले उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ ।

यसरी अन्तिम नामावली प्रकाशन भएपछि उम्मेद्धारलाइ चुनाब चिह्न प्रदान गर्ने तयारी आयोगले राखेको छ । निर्बाचन आयोगका अनुशार दलका उम्मेद्धारलाई सम्बधीत दलको चुनाब चिह्न प्रदान गरीने छ भने स्वतन्त्र उम्मेद्धारलाई मतपत्रमा भएको चुनाब चिह्न मध्ये रोजेको चिह्न प्रदान गरिनेछ । एउटै चुनाव चिह्न एकभन्दा वढी उम्मेद्धारले रोजेको खण्डमा वर्णानुक्रमअनुशार चिह्न प्रदान गरीनेछ ।
उदयपुरमा प्रतिनिधी तथा प्रदेश सभामा गरी ६४ जना चुवानी मैदानमा देखिएका छन् ।