![](https://purnapusti.com/wp-content/uploads/2023/06/koshi-pradesh-1.jpg)
पूर्णपुष्टि, साउन ११ । कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा आज अदेश आउन सक्ने सम्भावना रहेको छ । सर्वोच्चमा आज न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुनेछ ।
हिजो बुधबार रटिमाथि पक्ष र विपक्षका दुबै वकिलहरुले बहस सकेपछि आजको लागी पेशी तोकिएको हो । आजको ईजलासले आदेशबारे पनि निर्णय गर्नेछ। कोशी प्रदेशमा एमाले नेतृत्व सरकार ढलेपछि नेपाली कांग्रेस संसदिय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी गठबन्धनका दलसहित सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सभामुख गौतमको पनि हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएपछि असंवैधाकि रुपमा सरकार गठन गरेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । उनले दिएको रिट निवेदनमा असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भएको भन्दै खारेज गर्न र आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।