
पूर्णपुष्टि/काठमाण्डौँ / कार्तिक, १५ गते ।
एमालेले शनिवार ११ बजेदेखी सचिवालय बैठक बस्ने भएको छ । भक्तपुरको गुण्डु स्थित सचिवालय बैठक बस्ने तय भएको एमालेका एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ।
साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
