
पूर्णपुष्टि, २९ फागुन ।
नेकपाएमाले उदयपुरले मिसन ८४ लाई लक्षित गरी नेताकार्यकर्तालाई पढाउन सुरु गरेको छ । पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गिय संगठन, जनप्रतिनिधि र पार्टी विचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको वहुदलिय जनवाद लगायतका बिषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो ।
पार्टी संगठन मजवुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीयतहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । उनले भने, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अव्वल संगठन, विकासमा नेतृत्वदायी भुमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण सुरु गरेका हौ ।’
प्रशिक्षणमा बिषयबस्तुको जानकारी सँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्धन्द्ध व्यवस्थापन, विकास निर्माणका बिषयमा छलफल, जनप्रतिनिधि र कार्यकर्ता विचको सम्बन्धमा सुमधुरता कायम गर्नसमेत समन्वयात्मक भुमिका निर्वाह गरिएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार हालसम्म बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा प्रशिक्षण सकिएको र बाँकी पालिकामा जिल्ला अधिवेशन अगाडी नै सक्ने गरी तयारी गरिएको बताए ।
प्रशिक्षण कार्यक्रम अन्र्तगत सोमबार रौतामाई गाउँपालिका कमिटीले वडानं ६ रौतामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष केशव राईले बताए । कार्यक्रममा पार्टीका सम्बन्धित भुगोलका जिल्ला कमिटी, गाउँपालिका कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला, पालिका कमिटीका नेताहरुको उपस्थिति रहेको उनले बताए ।
एक दिने प्रशिक्षणको सहजिकरण पोलिटव्युरो सदस्य तथा जिल्ला इन्र्चाज पर्शुमेघी गुरुङ्ग, केन्द्रिय सदस्यतथा सबै पालिका इन्र्चाज अम्बिका थापा, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, उपसचिब भरतबहादुर थापाले गरेका छन् ।
पालिका कमिटीका सचिब ललित मगरका अनुसार पार्टीको दशौ महाधिवेशनबाट पारित प्रस्तावका बिषयमा पोलिटव्युरो सदस्यगुरुङ्ग, महिलाका मुद्दा, अवसर, चुनौती र आगामी कार्यभारका सवालमा केन्द्रिय सदस्य थापा, जनप्रतिनिधि र पार्टी विचको सम्बन्धका बिषयमा अध्यक्ष घिमिरे र पार्टी र जनवर्गिय संगठन विचको सम्बन्धको बिषयमा उपसचिब थापाले प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा एक सय बढि नेताकार्यकर्ताको सहभागीता रहेको सचिव मगरले बताए । पार्टी प्रशिक्षणले आगामी दिनमा पार्टी कार्यभारका बिषयमा नेताकार्यकर्तालाई दिशानिर्देश गरेको जिल्ला कमिटी सचिवालय सदस्यतथा रौतामाई गाउँपालिका कमिटीका इन्र्चाज टामिन्द्र राईले बताए ।
