
पूर्णपुष्टि,चैत्र २४ । सरकारले जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा ज्यान गुमाएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहित घोषणा गर्ने निर्णय गरेको हो ।
आन्दोलनको क्रममा ज्यान गुमाएका लिम्बुको परिवारलाई सरकरले क्षतिपूर्ति सम्मेत दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए । उनका अनुसार सरकारको तर्फबाट क्षतिपूर्ति कति दिने भन्न निर्णय टुङ्गो नलागेको उनले बताए । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
गत चैत्र ५ गते विराटनगरको प्रदेशको नाम कोशी राखेको विरोध प्रदर्शनमा सहभागी लिम्बु प्रहरीको लाठी चार्जबाट घाइते भएका थिए । घाईते भएको लिम्बुलाई उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गरेको छ ।
