Tuesday, November 18News That Matters

आर्थिक पारदर्शीताको यी दुई नमुना काम

पूर्णपुष्टि/उदयपुर, कार्तिक ३ ।
पछिल्लो जनभावना पारदर्शिताको पक्षमा छ । सो अनुरुप सबै सरकारी निकाय, संघ÷संस्था, पार्टी÷संगठन वा समुह सबै हिसावले पारदर्शी होउन भन्ने जनभावना देखिएको छ ।
यहि भावना अनुरुप झोले बहिस्कार अभियान समुहले मन्दीर निर्माणको आर्थिक पारदर्शीता गरेका छन् । त्रियुगा नगरपालिका ८ शाहिखोला स्थित एक सरस्वती मन्दीर निर्माणको काममा खर्च भएका रकम र संकलित सहयोग रकम पारदर्शी गरेको छ । ३३ हजार २८४ रुपैंया विभिन्न दाताबाट संकलन रकममा ७ हजार ३२० रुपैया खर्च भएको फेसबुक पेजबाट सार्बजनिक गरेकोछ । सहयोगदाताको नामसहित रकम सार्वजनिक गरेको समुहले २५ हजार ९६४ रुपैया बचत रहेको र सो रकमलाई सामाजिक काममा लगाई यसरी नै पारदर्शी गर्ने जनाएको छ ।

यसैगरी असोज ३० गते गाईघाटमा सम्पन्न श्रम संस्कृति अभियान कार्यक्रम आयोजकले पनि आर्थिक पार्दशिता देखाएको छ । उसले सहयोगदाताको नाम र रकम सार्बजनिक गर्दै जम्मा रकम ७६ हजार ५२३ संकलन भएको र ४९ हजार ६२५ रुपैया खर्च भएको जनाएको छ । १७ हजार ८९८ रुपैया रकम बचत रहेको जनाएको छ । अरु २ हजार ५०० कबोल रहेको र सो समेत जम्मा भएमा रकम थपिने जनाएको छ ।

यी दुई पारदर्शी नमुनाले थोरै रकमले धेरै काम, ठुलो कार्यक्रम हुन सक्ने देखाएको छ । अनावश्यक खर्च, तडकभडक, खानपिनको पक्षमा जनभावना देखिएको छैन । श्रमदानसहित गरिएका काम थोरै लगानीमा सम्पन्न हुने र राम्रो हुने उदाहरण हुन् यी दुई काम । उदयपुरमा हुने अन्य कामहरु पनि यसरी नै आर्थिक पारदर्शी हुनुपर्ने मत धेरैको छ । हरेक कुरामा पारदर्शिता नहुँदा मौलाएको भ्रष्टाचार, मनपरी र अराजकताको अन्त्य पारदर्शिताबाट मात्र सम्भव हुने भएपछि आम नागरिक यसको पक्षमा छन् । हरेक नागरिकको भावनामा सहि के, गलत के, वास्तविकता के, भाको के रु सहि रुपमा देख्न र बुभ्mन चाहन्छन् । यो उसको लोकतान्त्रिक अधिकार हो ।