
८ फागुन, २०८२ । उदयपुर
उदयपुरको थारुहट रंगशालामा भोली (फागुन ९ गते) हुन गईरहेको एन्फा उमन्स च्याम्पियनशिपको फाईनलिस्ट नेपालका विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी क्लव दुबैले जीतको दावी गरेका छन् ।
आज फाईनल तयारी बारे गरिएको पत्रकार सम्मेलनमा दुबै टिमका कोच तथा क्याप्टेनहरुले यस्तो दावी गरेका हुन् ।
नेपाल आर्मीका टिमकोच राजु तामाङले आर्मीले निकै प्रतियोगितामा उपाधी चुम्ने अवसर गुमाएकाले यो अवसरलाई सतप्रतिशत सदुपयोग गर्ने बताए । जीतका लागि खेलाडी टिम शारीरिक तथा मानशिक दुबै हिसावले तमतयार रहेको उनले बताए । “हामीलाई जीत पक्का गर्नुछ । यो उपाधी कुनै पनि हालतमा नगुमाउने भन्ने हाम्रो रणनीती बनेको छ ।” उनले भने ।
यसपटकको टिम पूर्णरुपले आत्मविश्वास भरिएको र फाईनलसम्म आइपुग्दाको खेलले उच्च मनोबल आर्जन गर्न सफल रहेकोले जीतको नजिक रहको आर्मीकी टिम क्याप्टेन सुनिताकुमारी चौधरीले बताइन् ।
त्यसैगरी सशस्त्र प्रहरी क्लवका टिमकोच जिवेसकुमार पाण्डेले जीतको लक्षसहित सबैखाले तयारीमा रहेको बताए । अहिलेसम्म सानदार जीत र उच्च मनोबल देखाउन सफल सशस्त्र टिमले उपाधी चुम्ने गरी तयार रहेको उनले बताए । सशस्त्रकी टिम क्याप्टेन अनिता बस्नेतले टिमका एकसय एक खेलाडीको मनोबल उच्च रहेको र आर्मीको सामना गर्न तयार रहेको बताइन् । “हाम्रो टिमले जित्छ भन्नेमा हामी दावी गछौं ।” उनले भनिन् ।
दुबै टिमका कोच तथा क्याप्टेनले विभागिए एक अर्का खेलाडी टिमको प्रशंसा गर्न कन्जुस्याई भने गरेनन् । दुबै टिमका खेलाडी राष्ट्रिय स्तरका अब्बल खेलाडीहरु रहेकोले उत्कृष्ट प्रतिष्पर्धा हुने उनीहरुको भनाई छ ।
नकआउट प्रणालीमा नेपालका शिर्ष महिला फुटबल टिमहरु मध्येको १० टिमले भाग लिएको प्रतियोगितामा आर्मीले फाईनलसम्म पुग्न क्वाटरमा न्युरोड टिमलार्य ६–१ गोल अन्तरमा पराजित गरेको थियो भने सेमिफाईनलमा नेपाल पुलिस क्लवलार्य १–० गोलअन्तरमा पराजित गरेको थियो ।
सशस्त्र प्रहरीले क्वाटरमा आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाईनलमा संकटालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
