
पूर्णपुष्टि, मंसिर १९
सुनसरीको इटहरीमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । इटहरी बिराटनगर लाइन स्थित राधाकृष्ण मन्दिर अगाडीको एक घरको छतबाट खसेर ८० वर्षीया वृद्धाको ज्यान गएको हो । स्थानिय सम्भु कार्कीको घरमा करिब ८ बर्ष देखी भाडामा बस्दै आएका सुमित्रादेवी भुपालको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि खगेन्द्र खड्काले बताउनुभयो ।
छतबाट खसेर घाइते भएकी उनको इटहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपि खड्काले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
