Saturday, May 17News That Matters

इन्द्र राईको नेतृत्वमा किरात राई यायोख्खा त्रियुगा नगरको १६ सदस्यीय चयन

पूर्णपुष्टि, १४ चैत्र ।
किरात राई यायोख्खा त्रियुगा नगर कार्यसमितिमा १६ कार्यसमिति चयन भएको छ । शनिवार गाईघाट साकेला टोलमा भएको तेस्रो नगर सम्मेलनले इन्द्र राईको अध्यक्षतामा १६ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुकुम राई, सचिवमा पेशल राई, कोषाध्यक्षमा सुमित्रा राई र सहसचिवमा सुस्मिता राई रहेकी छिन् । यस्तै सदस्यहरुमा सशिकला राई, लाल वहादुर राई, बिवेक राई, विन्दा राई, जै वहादुर राई, अमृत राई, यच्छा कुमार राई, दिल कुमार राई, निमेश राई, प्रवधन राई, दिल कुमारी राई र दुर्गा बहादुर राई रहेका छन् ।