
उदयपुर, मंसिर १७
हिजाे राती नै मतगणना सुरु भएकाे उदयपुरकाे बेलका नगरपालिका ९ नं. वडाकाे मतगणना विवादले राेकिएकाे छ । ५०० मत गणनाकाे क्रममा २२० बदर भनिएपछि विवाद सिर्जना भएकाे हाे ।
ठुलाे संख्यामा वदरमत देखाईनु उपनिर्वाचन निर्देशिका विपरित हाे भन्दै केही दलले विराेध जनाएका छन् भने केहीले बदरमत सहि भनेका छन् ।
