
पूर्णपुष्टि, १७ मंसिर ।
७९ को निर्वाचनमा कांग्रसले जितेको त्रियुगा १२ मा माओवादीले सानदार जित निकालेको छ । त्रियुगा १२ मा वडा अध्यक्ष पदका लागि आईतबार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईले जित हाँसिल गरेको हो । राई ७९ को निर्वाचनमा पनि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार थिए । तर त्यो समय तेस्रो भएका उपनिर्वाचनमा सानदार जित निकालेको हो । राईले आफ्नो प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीलाई ३१५ मतको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।
३८४७ मतदाता रहेको उक्त वडामा २५२७ मत खसेका थिए । उक्त मतबाट राईले ९२३ मत ल्याउँदा प्रतिद्धन्दी चौधरीले ६०८ मात्रै मत प्राप्त गरे । यता कांग्रेस उम्मेदवार रहेका संजिव काफ्ले ३५९ मत मै सिमित भए भने एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, रास्वपाका धुर्व प्रसाद पोखरेलले २०२, राप्रपाका उम्मेदवार लालवावु शाहले १७, जनमत पार्टीका प्रमोद मलाह सहानीले २०, नागरिक उन्मुक्ति पार्टीकी चन्द्रकला चौधरीले ७, र स्वतन्त्र उमम्ेदवार बजरंगी कुमार दासले ३० मत ल्याएका थिए । ७९ को निर्वाचननमा यस वडामा कांग्रेस उम्मेदवार संजिव काफ्लेकै बुबा चुडामणी काफ्लेले जित निकालेका थिए । त्यस वेला काफ्लेले ४३९, एमाले उम्मेदवार रमेश राउतले ४०८ र माओवादी उम्मेदवार नविन राईले ४०४ मत ल्याएका थिए ।
