
पूर्णपुष्टि, असार १ । उदयपुरमा मेधशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम दिईएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा शनिबारबाट मेधशी युवाहरुलाई नेतृत्व विकास तालिम दिईएको हो ।
नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला कार्य समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा तालिम संञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले ब्यानर पढ्दै मधेशी युवा नेतृत्व विकास तालिमको उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै मेयर बस्नेतले दुई दिने नेतृत्व विकास तालिम अत्यन्त फलदाई हुने बताएका छन् । यस तालिमले मधेशी युवाहरुलाई नेतृत्वमा पुग्न मद्दत मिल्ने मेयर बस्नेतले बताए । मधेशी समाजको विकासको निम्ति त्रियुगा नगरपालिकाले सदैव साथ सहयोग गरिरहने मेयर बस्नेले बताए ।
कार्यक्रम संञ्चालक तथा नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला कार्य समितिका उपाध्यक्ष राजकुमार शर्माले मधेशी युवाहरुलाई नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उदेश्यका साथ तालिम संञ्चालन गरिएको बताएका छन् । कार्यक्रममा मधेशी युवा सवाल÷सुचनाको हकको प्रयोग, सवाल÷मुद्धा, महिला हक अधिकार, राजनितिक÷सांकृतिक र कानुन सम्बन्धि विषयमा प्रशिक्षण दिईएको थियो । नेतृत्व विकास तालिम भोली सम्म संचालन हुनेछ भने तालिममा ४० जना मधेशी युवायुवतीहरुको सहभागिता रहेको थियो । 

