
पूर्णपुष्टि, १२ साउन ।
हुरेण्डेक उदयपुरले संञ्चालन गरेको ३९० घण्टे बिउटिसियन तालिम शनिवार सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका ९ राजावास स्थित ओरेक उदयपुरको सभाहलमा भएको तालिम सम्पन्न भएको हो । हुरेण्डेकले जेष्ठ २६ गते कम्युटर, मोवाईल मर्मत र बिउटीसियन गरी तिन ओटा क्षेत्रमा तालिम संञ्चालन गरेको थिए ।
कम्युटर प्रशिक्षणको तालिम २२० घण्टे भएकाले असार २२ गतेनै सम्पन्न भैसकेको छ भने मोवाईल मर्मत र बिउटीसियनको साउन १२ गते शनिवार सम्पन्न भएको हो । बिउटिसियनमा १५, कम्युटरमा १७ र मोवाईल मर्मत तर्फ १ जना गरी जम्मा ३३ जना किशोर किशोरीहरु तालिममा सहभागी थिए ।

परियोजना व्यवस्थापक विकल सुवेदीका अनुसार संस्थाले यस्ता खाले सिपमुलक तालिमहरु उदयपुरमा पहिल्यैबाट संञ्चालन गर्दै आएको जनाए । उक्त कार्यक्रम परियोजनाको कार्यक्षेत्र उदयपुरको रौतामाई, ताप्ली, उदयपुरगढि, लिम्चुङबुङ, त्रियुगा र कटारी गरी ६ ओटा पालिकामा संञ्चालन रहेको सुवेदीले जनाए ।
यी पालिकाहरुमा रहेका आरसी बालवालिकाहरुका परिवारलाई लक्षित गरी टेलरिङ, हाउस वायरिङ र प्लम्वीङ जस्ता सिप तालिम बिगतका बर्षहरुमा प्रदान गरिसकिएको सुवेदीको भनाई छ । हालै सम्पन्न ३९० घण्टे तालिमका लागि ६ हजार आर.सी. बालबालिकाबाट ३३ जना अति प्रभावितहरुलाई छनोट गरी तालिम सिकाईएको हो । यसका लागि हुरेण्डेकले १७ लाख बजेट लगानी गरेको सुवेदीको भनाई छ । सुवेदीले अन्य थप एडभान्स तालिमका लागि पनि संस्थाले पहल कदमी गर्ने भन्दै आफुले प्रदान गरेको सिपलाई व्यवसायीकमा उतार्न सहभागीहरुलाई सुझाए ।
यस्तै संस्थाका अध्यक्ष शंकर बहादुर थापाले वल्र्ड भिजनले देशभरीका ८ लाख बालवालिकाहरुलाई सुनौलो भविष्य तर्फ लगिरहेको जनाए । उदयपुरमा मात्रै ६ हजार आरसी भएका बालवालिका तथा किशोर किशोरीहरुलाई हुरेण्डेक उदयपुरले यसरीनै उज्वल भविष्यका लागि, स्वास्थय शिक्षा, सिप तथा रोजगार जस्ता क्षेत्रमा बजेटिङ गरिरहेको थापाले बताए । थापाले अब सिप सिक्ने किशोर किशोरीहरुले धमाधम आर्थिक आम्दानी सुरु गर्नु पर्ने जनाए ।
तालिम अगाडी जे थियो अब त्यो नरही आपुलाई परिवर्तन गरी सिपलाई प्रयोगमुखी बनाउन थापाले सुझाए । बिउटिसियन तालिमलाई स्रिजा बिउटी पार्लरले सहजीकरण गरेको थिए भने उक्त तालिमको जिम्मा एक्सपर्ट टेक्निकल कलेज प्रा।लि। ईटहरीले लिएको थियो ।

