Monday, February 17News That Matters

उदयपुरकी योजनाले घुमाईन भ्वाईसको ३ कुर्सी

पूर्णपुष्टि, १३ माघ ।
उदयपुरकी योजना राई भ्वाईस अफ सिजन ६ मा प्रवेश गरेकी छिन् । उदयपुर बेलका नगरपालिका मैनामैनी घर भएकी २० बर्षिया राईले भ्वाईस अफ नेपालको सिजन ५ मा भाग लिएकी थिईन् । उनले गुलाम अलिको “लोलायका ति ठुला” भन्ने बोलको गित प्रस्तुत गरेकी थिईन् । परिवारिक हिसवाले संगितमा पूर्ण सहयोग पाएकी राईले भ्वाईसमा राम्रो प्रस्तुती दिईन् । उनको प्रस्तुतिलाई पनपराउँदै कोच खेम सुन्चुचरी बाहेक कोच उदय, कोच राजु र कोच मेलिनाले कुर्सी घुमाए । उनलाई तिनै कोचले आफ्नो टिममा ल्याउन हानथाप समेत गरे । तर कार्यक्रममको नियमको आधारमा एउटा कोचलाई रोज्नु पर्ने हुँदा उनि कोच राजुकोमा गईन् । उनि भ्वाईसको डिजिटल हुँदै ब्लाईड अडिसनमा प्रवेश गरेकी हुन् । बाँकी ब्याडल, नक आउट, र लाईभ हुँदै उनि फाईनल पग्ने र उपाधी जन्तको लागि कति सक्षम हुन्छीन् त्यो भने हेर्न बाँकी छ ।