Saturday, June 13News That Matters

उदयपुरको क्षेत्र नं. १ मा एमालेबाट चौधरीको उम्मेदवारी

पूर्णपुष्टि, असोज २३ गते ।
उदयपुरको क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा तथा सभाका उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । दिउँसो २.०० बजे मुख्य निर्बाचन अधिकृतको कार्यालय बोक्सेमा नाराजुलुससहित पुगेर एमालेले उमेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट क्षेत्र नं. १ मा मन्जु चौधरीले उम्मेदवारी दिएकी छिन् । उनी यस अघि डा. नारायण खड्का संग पराजित भएकी थिइन । भने २०७० सालको चुनाबमा बिजयी भएकी थिइन र सहरी बिकास राज्यमन्त्रीसमेत भएकी थिइन् ।
यस्तै, क्षेत्र नं. १ (क) मा कुशलबाबु बस्नेतलाई एमालेले उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यस अघि बिमल कार्कीले टिकट पाए पनि अन्तिममा बस्नेतलाई एमालेले टिकट दिएको हो । क्षेत्र नं. १ (ख) मा एमालेका इश्वर मणि राउतले उम्मेदवारी दिएका छन । उनि एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन् ।