Monday, April 20News That Matters

उदयपुरको जल्जलेमा एक महिला मृत्त फेला

पूर्णपुष्टि,जेष्ठ १८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं। ६ जलजले स्थित तित्रीगाछीमा एक महिला मृत्त अवस्थामा फेला परेको छ । बिहिवार घरबाट सुङगुरलाई चारो लाउँन भनि हिडेकी अन्दाजी ४० वर्षकी तँकी माया मगरको मृत्यु अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार घर देखि करिव १ सय मिटर पर रहेको माछा पोखरीमा डुवीरहेको अवस्थामा उनका श्रीमान लक्ष्मन मगरले देखि तत्कार उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जनाएको छ । उपचार पछि डाक्टरले मगरको मृत्यु भएको घोषणा गरे ।

यस विषयमा थम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।