Saturday, April 26News That Matters

उदयपुरको बिभिन्न स्थानबाट लागुऔषाध सहित ५ जना पक्राउ

पूर्णपुष्टि, २९ फागुन ।
उदयपुरमा लागु औषाध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका(१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई रहेका छन् । उनिहरु लागू औषध ३० एम्पुल सहित पक्राउ गरेको हो । उनिहरुलाई लालपत्ता प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम(५ का ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा(१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । यता जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका(१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।