Monday, June 1News That Matters

उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

पूर्णपुष्टि, कार्तिक १५
उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ८ खमारेका ४१ बर्षिय डम्वर बहादुर मस्र्याग्री मगरको करेन्ट लागी मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार घर नजिकैको बाँस काट्ने क्रममा अचानक मेन लाईनको विधुत तारमा टच भई करेन्ट लाग्दा घट्ना स्थलमै मगरको मृत्यु भएको जनाएको छ ।

करेन्ट लागेर मृत्यु भएको खबर प्रहरीमा आउन साथ सुकौरा बाट प्रहरी टोली घटना स्थल तर्फ गएर घटा स्थललाई सुरक्षित राख्ने र थप अनुसन्धान गर्ने काम भईरहेको डिएसपी गौतमले जनाए ।
मगरको लास पोष्टमार्टमका लागि जिल्ला हस्पिटल उदयपुर झारिएको छ ।