
पूर्णपुष्टि, १५ माघ ।
उदयपुरको उदयपुरगढी वडा नं ७ अधेरी छेउ जोगिटोलमा एक पुरुष मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोही वडाका बर्ष ४६ को नयन्त्र घले मृत अवस्थामा फेला परहेको हो । डिएसपी राजन चापागाईका अनुसार घटना हिजो बेलुकाको भएपनि स्थानीयहरुले बिहान १० बजेमात्रै थाहा पाएका थिए । ढुँगैढुँगा भएको आसपासमा घले मृत अवस्थामा फेला परेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । घटनाबारे सर्जिमन मुचुल्का उठाईरहेको छ । तालिम प्राप्त कुकुर ल्याएर मात्रै लाश उठाउन भएको छ ।