Wednesday, June 17News That Matters

उदयपुरबाट एक वर्षमा रोजगारकालागि ९ हजार युवा विदेसिए

पूर्णपुष्टि,जेष्ठ ३ । वैदेशिक रोजगारीका लागि उदयपुर जिल्लाबाट पछिल्लो एक वर्षभित्र ९ हजार युवाहरु विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार वि.सं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा रहेका छन् ।

जिल्लाको ४ गाउँपालिका र ४ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् ।

जिल्लाबाट अधिकांश युवाहरु ठुलो संख्यामा मलेसिया जाने सबैधन्दा धेरै रहेको सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतले बताइन् । उनका अनुसार मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका बताइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् ।

अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए । यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो ।